Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेत्रविक्रम चन्द

नेत्रविक्रम चन्द समूहले नुवाकोटमा स्काभेटर आगजनी ,गाउँपालिकाका अध्यक्षलाई जनकारबाहीको धम्की

नेत्रविक्रम चन्द समूहले नुवाकोटमा स्काभेटर आगजनी ,गाउँपालिकाका अध्यक्षलाई जनकारबाहीको धम्की

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७७ आइतवार • १३:४८:१३ बजे
  • 2.3K
    SHARES
  • नेत्रविक्रम चन्द समूहले नुवाकोटमा स्काभेटर आगजनी ,गाउँपालिकाका अध्यक्षलाई जनकारबाहीको धम्की
    त्रिशूली- नेत्रविक्रम चन्द समूहले नुवाकोटमा स्काभेटर आगजनी गरी गाउँपालिकाका अध्यक्षलाई जनकारबाहीको धम्की दिएको छ । समूहले जिल्लाको बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आगजनी गरेको हो । म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङलाई गाउँपालिकामा आफैँले आगो लगाएको हो भनेर स्वीकार गर्न चेतावनीयुक्त विज्ञप्ति जारी गरिएको छ ।

    समूहमा आएका अज्ञात व्यक्तिले स्काभेटर गए राति आगजनी गरेको पीडित तामाङले जानकारी दिए । उनका अनुसार आगजनीबाट स्काभेटरको चालक बस्ने सिटलगायतमा पुगेको क्षति रु २० लाख बराबरको छ । त्यस स्थानमा समूहले कारबाही गरिएको आशयको पत्र छाडेको प्रहरीले जनाएको छ ।

    पत्रमा दुई वर्षअघि समूहले कब्जा गरेको जग्गाबाट राजेन्द्रले अवैध रुपमा बालुवा उत्खनन गरेको, समाजमा चरित्रहीन कार्य गरेको, पार्टीविरुद्ध सुराकी गरेको तथा सोझासीधा जनतालाई अनावश्यक दुःख दिएको आरोप लगाइएको छ ।

    यसैगरी समूहले विज्ञप्ति जारी गरी म्यागङ गाउँपालिका कार्यालयको स्टोर शाखामा गत वैैशाख ८ गते दिउँसो भएको आगलागीको घटना गाउँपालिकाका अध्यक्ष आशा तामाङले गराउन लगाएको भनी गल्ती सच्याई माफी माग्न र नमागे जनकारबाहीको चेतावनी दिइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology