Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रेस सेन्टरको स्थापना दिबसको अवसरमा बालगृहमा शैक्षिक सामग्री बितरण

प्रेस सेन्टरको स्थापना दिबसको अवसरमा बालगृहमा शैक्षिक सामग्री बितरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७८ शनिवार • १८:३७:५९ बजे
  • 910
    SHARES
  • प्रेस सेन्टरको स्थापना दिबसको अवसरमा बालगृहमा शैक्षिक सामग्री बितरण


    बेनी, १५ माघ । प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा शनिबार बेनीको बालगृहमा शैक्षिक सामग्री बितरण गरिएको छ ।

    प्रेस सेन्टर म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले छ÷छ दर्जन कापी कलम उपलब्ध गराएको हो ।

    images

    संगठनका सचिब सन्दिप खत्रीलाई ११ जना बालबालिकाहरुका लागि शैक्षिक सामग्री उपलब्ध गराइएको प्रेस सेन्टर म्याग्दीका सचिब धिरन खत्रीले जानकारी दिनुभयो ।
    P1.JPG
    प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका प्रमुख सचिब सन्तोष गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानिया, प्रेस युनियनका सचिब साधन राम्जाली र पत्रकार ठाकुरप्रसाद आचार्यको उपस्थिति थियो ।

    कोरोना जोखिमका कारण प्रतिनिधीमुलक उपस्थितिमा स्थापना दिवस मनाएको सचिब खत्रीले बताउनुभयो ।

    प्रमुख सचिब गौतमले समावेशीकरण, श्रमजिबी पत्रकार ऐन, स्वरोजगारमुलक मिडियाको प्रर्वद्धन, प्रेस स्वतन्त्रताको एजेण्डाको ब्यवहारिक कार्यान्वयनमा पेशागत संगठनहरुबीच सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।  

  • सम्बन्धित विषय:

  • # शैक्षिक सामग्री बितरण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology