Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

सत्तारुढ गठबन्धन दल स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र गर्न सहमत

सत्तारुढ गठबन्धन दल स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र गर्न सहमत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७८ शनिवार • २०:१३:२५ बजे
  • 793
    SHARES
  • सत्तारुढ गठबन्धन दल स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र गर्न  सहमत

    सत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न र निर्वाचन आयोगसंग छलफल गरेर मिति तोक्न प्रधानमन्त्री मार्फत सरकारलाई सुझाव दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    उनले जेठ महिनाभित्र मै स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताए ।

    निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको कार्कीले जानकारी दिए ।

    निर्वाचन आयोग लगायत निकायबाट स्थानीय तहको चुनावको मिति तोक्न ताकेता भइरहेका बेला गठबन्धनले जेठभित्र निर्वायच गर्ने निर्णय गरेको हो ।

    गठबन्धनको निर्णयसंगै तीनै तहको निर्वाचन एकैपटक गर्ने प्रयास पनि असफल भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology