Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसिसी पास नभए पाँच दलीय गठबन्धन टुट्छ : प्रधानमन्त्री देउवा

एमसिसी पास नभए पाँच दलीय गठबन्धन टुट्छ : प्रधानमन्त्री देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७८ आइतवार • १६:३५:०० बजे
  • 1.6K
    SHARES
  • एमसिसी पास नभए पाँच दलीय गठबन्धन टुट्छ : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) पारित नभए पाँच दलीय सत्ता गठबन्धन तोड्ने चेतावनी दिएका छन् ।

    images

    उनले प्रनिधिसभाको चालु अधिवेसनबाटै एमसिसी पास गर्न पाँच दलीय गठबन्धनलाई दबाब दिएका छन् । यदि प्रतिनिधिसभाबाट एमसिसी पास नभए पाँच दलीय गठबन्धन टुट्ने उनले चेतावानी दिएका छन् ।

    शनिबार पाँच दलीय गठबन्धनको बैठकमा एमसिसीको विषयमा छलफल गर्ने क्रममा यस्तो बताएका हुन् । बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की उपस्थित थिए ।

    बैठकमा प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म एमसिसी अनुमोदन नगराए अमेरिकाले यो परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्न दबाब दिएका थिए ।

    फेब्रुअरी १ सम्म एमसिसी अनुमोदन गराउन अमेरिकाले प्रधानमन्त्रीलाई दबाव दिइरहेको भन्दै उनले जसरी पनि यो योजना पास गर्नुपर्ने बताएका छन् ।

    माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु त्यसमा सहमत छैनन्। कार्यदलमा रहेका माओवादी केन्द्रका नेताहरुले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएका छन्।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology