भाद्र ७, २०७७ आइतवार
•
१४:४९:०३ बजे
कस्ले किन चलायो,
कस्ले किन बनायो ।
जन्तुलाई भगवान ,
रिति होकि कु-रिति ?
बडो फसाद छ भक्तालुलाई ,
नियम नमानौं वीर पुर्खा रिसाउने,
नियम मानौं भावी पुस्ता रिसाउने !!
चुट्न पिट्न नहुने,
मार्न काट्न पनि नहुने ,
देविको प्रसाद .......
बडो फसाद भक्तालुलाई ,
स्यालले पनि नखाने, बाघले पनि नलाने !!
नामै काफी छ मान्यवर त्यही माथी,
छाडा छोडिएको बोको
उट्पट्याङ्गको हद पार गर्छ,
बडो फसाद भक्तालुलाई ,
बेईमान गर्न जान्दैन भनेको नि मान्दैन !!
देवि रिसाए एउटा बिध्न ,
बोको रिसाए अर्को बिध्न ,
बडो फसाद भक्तालुलाई ,
छोरी चेली भन्दैन, नियम कानुन मान्दैन !!
आफै ठुस्स गनाएर बस्छ,
बाहिर सुगन्ध सुंघ्दै हिड्छ ,
मन्दिरको खादैन,
बस्ती डुल्न छोड्दैन ,
बडो फसाद भक्तालुलाई ,
मारौं धर्म नासिने ,नमारौं नियम मासिने !!
डर लाग्छ कतै ,
गति छाडा बोकोले गर्दा,
आस्था प्रती बितृस्णा जाग्ने पो होकि,
मेरो भन्नू यत्ती छ मान्यवर .....
चढाएको बोको भित्र, दानवता होईन,
मानवता सवार होस !!
बिकृती होईन,
सांस्कृतिक सवार होस !!