Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सलमान खान नेपाल आउने

सलमान खान नेपाल आउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७८ आइतवार • १९:३६:११ बजे
  • 1.2K
    SHARES
  • सलमान खान नेपाल आउने

    बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् ।

    images

    उनलाई कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाले नेपाल ल्याउन लागेका हुन् । सामाजिक सञ्जालमार्फत पुर्जाले सलमान नेपाल आउने जानकारी दिएका छन् । ‘सलमान भाइलाई भेटेर आनन्द आयो ।

    मेरो देशमा चाँडै भेट हुनेछ’ पुर्जाले लेखेका छन् । भेटमा पुर्जाले बलिउड सलमानलाई आफ्नो बायोग्राफी पुस्तक समेत उपहार दिएका छन् । जुन उनले शेयर गरेको तस्बिरमा समेत देख्न सकिन्छ ।

    ७ महिना भित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका पुर्जाले संसारका चर्चित सेलीब्रेटीलार्ई जुटाएर काठमाडौंमा एक कार्यक्रम गर्ने तयारी गरिरहेका छन् ।

    सोही कार्यक्रममा सलमान समेत ल्याउने उनको योजना रहेको छ । भेटमा सलमानलाई पुस्तक दिँदै उक्त नेपाल आउने समेत निम्तो दिएको बताइन्छ ।

    सोही कार्यक्रममा पुर्जाले विश्व चर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्ज पनि ल्याउने तयारी गरेका छन् । यसअघि दबङ रिलोेडेड कार्यक्रममार्फत सलमानलाई नेपाल ल्याउने तयारी गरिएको थियो ।

    आयोजकले सलमान नेपाल आउने भन्दै थुप्रै पैसा समेत उठाएको थियो । तर कार्यक्रम विवाद सिर्जिएपछि सलमानको नेपाल कार्यक्रम स्थगित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # खान नेपाल आउने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology