Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमसीसी पारित गर्ने सहमति भएको छैन : नारायणकाजी श्रेष्ठ

एमसीसी पारित गर्ने सहमति भएको छैन : नारायणकाजी श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७८ सोमवार • ०८:३९:३९ बजे
  • 1.7K
    SHARES
  • एमसीसी पारित गर्ने सहमति भएको छैन : नारायणकाजी श्रेष्ठ

    नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसीसी सम्झौता पारित गर्ने सहमति नभएको बताएका छन् । आइतबार बसेको गठबन्धनको बैठकमा एमसीसी पारित गर्ने सहमति भएको समाचारहरु प्रकाशित भएको थियो ।

    images

    त्यस्तै एमसीसी पारित नगरे प्रधानमन्त्री देउवाले गठबन्धत तोड्ने धारणा राखेको समाचारहरु पनि आाएका थिए । उक्त समाचारहरु प्रकाशित भएपछि नेता श्रेष्ठले सो कुरा बताएका हुन् ।

    अहिले एमसीसीको विषयमा छलफल नै नहुने र नभएको भन्दै नेता श्रेष्ठले यथास्थितिमा आफ्नो पार्टी एमसीसी पारित गर्ने पक्षमा नरहेको समेत बताएका छन् ।

    ‘कुनै भ्रममा नपरौंः प्रमले एमसीसीसँगको सँझौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन ।

    गठबन्धनमा एमसीसी कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन । कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’

  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology