Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

देउवा–प्रचण्ड भेटवार्ता : एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रचण्डको सुझाव

देउवा–प्रचण्ड भेटवार्ता : एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रचण्डको सुझाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७८ सोमवार • १४:००:२२ बजे
  • 1.3K
    SHARES
  • देउवा–प्रचण्ड भेटवार्ता : एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रचण्डको सुझाव

    प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    images

    प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष प्रचण्ड आज बिहान बालुवाटार गएका थिए ।

    अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले सहमत रहेको भन्दै समाचार आएपछि सोमबार बालुवाटार पुगेका प्रचण्डले एमसीसीबारे छलफल गरेका हुन् । 

    क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । “प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन्,” स्रोतले भन्यो ।

    एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल गरिएको छैन ।

    अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरू छलफलमा जुटेका हुन् ।

    गठबन्धन दलकै शीर्षनेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्डको सुझाव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology