Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काेराेना

भारतमा एकैदिन ७० हजार बढीमा काेराेना पुष्टि,संक्रमितकाे संख्या ३० लाख नाघ्याे

भारतमा एकैदिन ७० हजार बढीमा काेराेना पुष्टि,संक्रमितकाे संख्या ३० लाख नाघ्याे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७७ आइतवार • १४:५१:५६ बजे
  • 3.7K
    SHARES
  • भारतमा एकैदिन ७० हजार बढीमा काेराेना पुष्टि,संक्रमितकाे संख्या ३० लाख नाघ्याे

    भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

    images

    भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज पनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च छ । कोरोनाले आक्रान्त अमेरिका, ब्राजिल, बेलायत लगायतका देशमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले संक्रमित फेला परेकाे वल्डओमिटरले जनाएकाे छ ।

    बिहीबार भारतमा एकैदिन ७० हजार ६८ जना नयाँ संक्रमित फेला परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । जुन अन्य देशकाे भन्दा सर्वाधिक दैनिक संक्रमित संख्या हाे । शनिबर त्यहाँ काेराेनाबाट ९ सय ८१ जनाकाे मृत्यु भएकाे छ ।

    यससँगै अहिलेसम्म भारतमा काेराेना संक्रमित हुनेकाे संख्या ३० लाख ४३ हजार ४३६  पुगेकाे छ । ज्यान गुमाउनेकाे कुल संख्या ५६ हजार ८६४ रहेकाे छ भने निकाे हुनेकाे संख्या २२ लाख ७९ हजारभन्दा बढी रहेकाे छ । अहिले ७ लाख ६९ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

    भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।

    धेरै जनसंख्या र जनघनत्व भएका सहरहरू धेरै भएकाले भारत कोभिड–१९ को केन्द्रबिन्दु बन्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology