Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसीसीबारे ओली नेतृत्वको सरकारले गुपचुप राखेको दस्तावेज भेटियो:नेता झलनाथ खनाल

एमसीसीबारे ओली नेतृत्वको सरकारले गुपचुप राखेको दस्तावेज भेटियो:नेता झलनाथ खनाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७८ सोमवार • २०:४०:४० बजे
  • 1.2K
    SHARES
  • एमसीसीबारे ओली नेतृत्वको सरकारले गुपचुप राखेको दस्तावेज भेटियो:नेता झलनाथ खनाल

    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी सम्झौताका विषयमा केपी शर्मा ओली नेतृत्वको सरकारले गुपचुप राखेका एमसीसीसम्बन्धी दस्तावेज भेटिएको बताएका छन् ।

    images

    कार्यदलले अध्ययनमार्फत फेला पारेको नौ वटा नयाँ दस्तावेज अध्ययनपछि मात्रै थप विषय खुल्ने नेता खनालको भनाई छ ।

    झण्डै ९ सय पृष्ठ लामो ती दस्तावेजका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको उनको भनाई छ ।

    नेता खनालका अनुसार उक्त दस्तावेजमा इक्वीपमेन्ट एजेन्ट एग्रिमेन्ट, सोसियल जेनेरल इन्टिग्रेसन प्लान, डीपीआर अफ ट्रान्समिसन लाइन प्रोजेक्ट, इन्भाइरोमेन्टल एण्ड सोसियल मेनेजमेन्ट प्लान, डीपीआर अफ रुट प्रोजेक्ट, प्रोजेक्ट कोअपरेशन एग्रिमेन्ट लगाएका छन् ।

    प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने विषयमा निरन्तर आफ्नो मत राख्दै आएका छन् । तर खनालले यी सबै कागजपत्रको अध्ययनपछि मात्र निष्कर्ष निकाल्न सकिने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेता झलनाथ खनाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology