Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसीका विवादित बुँदा संशोधन गरेर पारित गर्न प्रचण्डको प्रस्तावमा देउवा सकारात्मक

एमसीसीका विवादित बुँदा संशोधन गरेर पारित गर्न प्रचण्डको प्रस्तावमा देउवा सकारात्मक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७८ सोमवार • २१:२४:०७ बजे
  • 787
    SHARES
  • एमसीसीका विवादित बुँदा संशोधन गरेर पारित गर्न प्रचण्डको प्रस्तावमा देउवा सकारात्मक

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका विवादित बुँदा संशोधन गरेर पारित गर्नुपर्ने बताएका छन् ।

    images

    सत्ता गठबन्धनमध्येका तीन दलका शीर्ष नेताबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माओवादी अध्यक्ष प्रचण्डले एमसीसीका विवादित बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

    बालुवाटारमा आज नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो ।

    स्रोतका अनुसार उक्त प्रस्तावलाई प्रधानमन्त्री देउवाले सकरात्मक लिएका छन् ।

    उक्त भेटमा तीन नेताबीच स्थानीय तहको निर्वाचनबारे पनि छलफल भएका छ । एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, सत्ता गठबन्धन दलबीच नै एमसीसीबारे मतभेद रहँदै आएकाले टेबुल हुन सकेको छैन ।

    अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरुले छलफललाई तिव्रता बनाएका छन् ।

    प्रधानमन्त्री देउवाले आइतबार ‘एमसीसी पारित नगरे फिर्ता जाने र गठबन्धन टुट्ने’ बताएको भन्दै समाचार आएपछि सोमबार माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

    प्रधानमन्त्री देउवा एमसीसी सम्झौता पारित गर्ने पक्षमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # देउवा सकारात्मक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology