Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमालेलाई लाग्यो फेरि धक्का नयाँ पार्टी दर्ता गर्दै वामदेव

एमालेलाई लाग्यो फेरि धक्का नयाँ पार्टी दर्ता गर्दै वामदेव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७८ मंगलवार • १३:०८:१० बजे
  • 1.2K
    SHARES
  • एमालेलाई लाग्यो फेरि धक्का नयाँ पार्टी दर्ता गर्दै वामदेव

    राष्ट्रिय सभा सदस्य, पूर्वउपप्रधानमन्त्री तथा पूर्वएमाले उपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने तयारी गरेका छन् । उनका सचिवालयका अनुसार केही दिनमा उनले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी गरेका छन् ।

    images

    ६ वर्षको लागि राष्ट्रिय सभा सदस्य बनेका गौतम २०७४ सालको संसदीय चुनावमा बर्दिया–१ मा पराजित भएका थिए । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मा राष्ट्रिय सभा सदस्य मनोनित गर्न सिफारिस गरेको थियो। सरकारको सिफारिलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् ।

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा गौतम उपाध्यक्ष थिए । नेकपा विभाजनपछि पनि उनी एमाले उपाध्यक्ष थिए। एमाले विभाजन भएपछि गौतमले उपाध्यक्षबाट राजीनामा दिए पनि पुन एमालेमा जाने सम्भावना रहेको थियो ।अब नयाँ पार्टी दर्ता प्रक्रियाले एमालेलाई धक्का लागेको छ ।

    उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा पनि गएनन् । उनी एमालेको १० औँ राष्ट्रिय महाधिवेसनमा पनि सहभागी भएका थिएनन् । २०५४ मा एमालेबाट विभाजित भएर गौतमले आफ्नो नेतृत्वमा नेकपा (माले) गठन गरेका थिए।

    मालेले चार वर्षपछि २०५८ मा एमालेसँग एकता गरेको थियो। 

  • सम्बन्धित विषय:

  • # नयाँ पार्टी दर्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology