भाद्र ७, २०७७ आइतवार
•
१६:०३:१५ बजे
परिरहेको झरि हेर्छु ,
एकपटक होइन घरिघरि हेर्छु ।
झरिसगै जिन्दगी मस्त भिजिरहेको ।
वाटोहरू त्यस्तै हिलाम्य ।
थाहा छैन ,कता चिप्लने
कता लर्कने हो ।
गड्याङ्गुडुङ मेघ गर्जदा ,
कुनै भयावह,खतराको सङ्केतले
मनमा चट्याङ परेजस्तो ।
जिन्दगीका पहाडहरू
धेरै नै चढ्नु छ ।
यो झरि सगै चिप्लिदै लर्किदै ।
सुरक्षित यात्राको
कल्पनामा डुव्दाडुव्दै ।
कतै पहिलो चल्दा
सपनाहरू पनि पहिरो सगै
भताभुङ्ग भएजस्तो ।
यस्तै कुनामा मस्त जिवन र यसभित्रका चाहहरू ,
झरिले कतै वाढि चलाउदा ।
सुनौला विहानीको आशहरू ,
एक चिहान वन्ने हो कि ?
दागमय जिन्दगी
कहिले धुलाम्य छ
कहिले हिलाम्य ।
विवशताको झुपडिवाट
महलका सपनाहरू वुनिरहदा
पानिको तपतपले
मस्त नयनहरूमा
खतराको सङ्केत
गराईरहेछ ।
विवश जिन्दगीका ,
लथालिङ्ग पाटाहरू ।
आन्द्रभुडि जस्तै ,
सतहमा आउदा ।
मन कुडिरहेछ ।
सपना चुडिरहेछ ।
परिरहेको झरि हेर्दा ,
घरि घरि हेर्दा ।
झरिसगै जिन्दगी भिजिरहेछ ।