Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पेट्रोलियम पदार्थको मूल्यसूची बढेर आयो

पेट्रोलियम पदार्थको मूल्यसूची बढेर आयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७८ मंगलवार • १९:३६:१० बजे
  • 853
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्यसूची बढेर आयो

    भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    images

    प्रत्येक महिनाको १ र १५ तारिखमा पठाउने कर्पोरेशनले आज नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.९२ रुपैयाँ बढेर आएको छ ।

    यस्तै, डिजेलको मूल्य प्रतिलिटर ७.२४ रुपैयाँ तथा मट्टितेलमा ८.८० रुपैयाँ बढेर आएको निगमले जानकारी दिएको छ । यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ७.४८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

    कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार अन्य सबै पेट्रोलियम पदार्थको मूल्य बढ्दा एलपी ग्याँसको मूल्य भने घटेर आएको हो । प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर १५.६९ रुपैयाँ घाटा हुने बताइएको छ ।

    यस्तै, डिजेलमा प्रतिलिटर १३.६२ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर ५६० रुपैयाँ घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । यद्यपी, हवाई इन्धन र मट्टितेलको बिक्रीमा भने निगमलाई घाटा नरहेको उनको भनाई छ ।

    यसआधारमा निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेमा अब प्रत्येक १५ दिनमा २ अर्ब ६० करोड रुपैयाँ घाटा ब्यहोर्ने छ । यस्तै, मासिकरूपमा निगमले ५ अर्ब २० करोड घाटा ब्यहोर्ने उपाध्यायले बताए ।

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology