Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट लाग्ने

स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट लाग्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७८ मंगलवार • १९:४२:२९ बजे
  • 943
    SHARES
  • स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट लाग्ने

    निर्वाचन आयोगले आगामी २०७९ साल जेठ ४ गते हुने स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट लाग्ने अनुमानित खर्च सरकारलाई पेश गरेको छ ।

    images

    मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा सरकार पक्षसँगको छलफलमा आयोगले बुझाएको ६ बुँदे सुझाव पत्रमा निर्वाचन खर्च १२ अर्ब लाग्ने उल्लेख छ ।

    सरकारलाई दिइएको परामर्श पत्रमा भनिएको छ, ‘२०७४ सालमा सम्पन्न निर्वाचनमा निर्वाचन आयोग, ७ प्रदेश निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय र ७५३ स्थानीय निर्वाचन अधिकृतको कार्यालयबाट वस्तुगत गरि रु ८ अर्बभन्दा बढी खर्च भएकोमा हाल देहायका कारणबाट स्थानीय तहको निर्वाचनमा अनुमाति १२ अर्ब बजेट आवश्यक पर्ने देखिएको छ ।’

    यदि एकै चरणमा निर्वाचन नभएमा खर्च थप वृद्धि हुने पनि आयोगले भनेको छ ।

    निर्वाचन खटिनेहरुको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण भत्ता तथा अन्य सुविधामा २०७४ को भन्दा ३० प्रतिशतले खर्च वृद्धि भएकाले थप बजेट आवश्यक्ता भएको आयोगको ठहर छ ।

    २०७४ को भन्दा २० लाख मतदाता थपिएकाले मतदानस्थल, मतदान केन्द्र, मतपत्र, मतपत्र सामग्री आदीमा बजेट वृद्धि हुने आयोगले सरकारलाई सुझाव दिएको छ ।

    यस्तै, निर्वाचनलाई प्रविधिमैत्री निर्वाचन बनाउँदा पनि थप बजेट आवश्यक पर्ने भनिएको छ । कोरोना महामारीमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न स्वास्थ्यकर्मी परिचालन तथा स्वास्थ्यसामग्री व्यवस्थापन गर्नुपर्दा पनि थप बजेट आवश्यक पर्नेछ ।

  • सम्बन्धित विषय:

  • # १२ अर्ब बजेट लाग्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology