Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज सोनाम ल्होसार मनाईंदै, देशभर सार्वजनिक विदा

आज सोनाम ल्होसार मनाईंदै, देशभर सार्वजनिक विदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७८ बुधवार • ०८:२५:५७ बजे
  • 1.5K
    SHARES
  • आज सोनाम ल्होसार मनाईंदै, देशभर सार्वजनिक विदा

    नेपालका आदिवाासी जनजातीय समुदाय मध्येका तामाङ समुदायले आज सोनाम ल्होसार धुमधामकासाथ मनाउादै छन ।

    images

    माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज देश तथा विदेशमा रहेका तामाङ समुदायले विविध कार्यक्रमकासाथ मनाउन लागेका हुन । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८औँ वर्ष सुरु हुन्छ ।

    तामाङ समुदायको परम्परा अनुसार आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

    मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसार आधारित हुन्छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले सोनाम ल्होसाार प्रकृतिपूजनसँग सम्बन्ध रहेको मानिन्छ ।

    तामाङ समुदायको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ ।

    आज मनाइने सोनाम ल्होसारका अवसरमा यस वर्ष सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारी तीब्र बनेका कारण औपचारिक कार्यक्रम राखिएको छैन ।

    समितिका कार्यकारी निर्देशक वसन्त लामाले यस वर्ष स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डको पालना गर्दै बौद्ध क्षेत्रका चैत्यमा कार्यसमिति सदस्य र सल्लाहकारहरु मात्र सहभागी भएर पूजापाठ गरी ल्होसार मनाउन लागिएको बताए ।

    विगतका वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होसारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको र्‍याली निकालिने गरिएको थियो ।

    आज दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गर्ने गरिएकामा त्यो पनि स्थगित गरिएको लामाले जानकारी दिए ।

    यसैगरी काठमाडौंको स्वयम्भू क्षेत्रका चैत्यमा आन्तरिक रुपमा मात्र पूजा पाठका कार्यक्रम गरी ल्होसार मनाइने भएको छ ।

  • सम्बन्धित विषय:

  • # देशभर सार्वजनिक विदा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology