Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

ल्होसारले साँस्कृतिक ऐक्यबद्धता बढाउन योगदान पुर्‍याउने सभामुखको विश्वास

ल्होसारले साँस्कृतिक ऐक्यबद्धता बढाउन योगदान पुर्‍याउने सभामुखको विश्वास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७८ बुधवार • ०८:३३:११ बजे
  • 382
    SHARES
  • ल्होसारले साँस्कृतिक ऐक्यबद्धता बढाउन योगदान पुर्‍याउने सभामुखको विश्वास

    सभामुख अग्निप्रसाद सापकोटाले तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होछार ल्होसारको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

    images

    तामाङ, ह्योल्मो लगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको आफ्नै विशेषता र महत्व रहेको बताउँदे सभामुख सापकोटाले चन्द्र पात्रोमा आधारित यो नयाँ बर्षसँगै आजदेखि बाघ वर्ष सुरु भएको बताएका छन् ।

    ‘यस पर्वले सामुदायिक एकत्व, आपसी हित, भातृत्व र सामाजिक एवं साँस्कृतिक ऐक्यबद्धता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु ।

    भिन्न–भिन्न जात जातिले मनाउने पहिचान सहितका हाम्रा मौलिक चाड पर्वहरुको संरक्षण र सम्वर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो ।’ उनले भनेका छन् ।

    सापकोटाले कोरोना भाइरसको महामारी कायम रहेकोले चाडपर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # सभामुखको विश्वास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology