राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसार तथा नयाँ बर्षका अवसरमा शुभकामना दिएकी छन ।
राष्ट्रपति भण्डारीले ल्होसारका अवसरमा सबैमा सुख, शान्ति र समृद्धि छाओस भन्दै शुभकामना ब्यक्त गरेकी हुन ।
राष्ट्रपति भण्डारीले सोनाम ल्होछारका अवसरमा आज शुभकामना विज्ञप्ती जारी गर्दै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु’ शुभकामना सन्देशमा भनिएको छ ।
मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार बाघ वर्ष सुरु भएको खुसियालीमा सोनाम ल्होछार पर्व मनाउँदै आएको पाइन्छ ।