नेपालका तामाङ समुदायले आज मनाउने सोनाम ल्होसारका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुभकामना ब्यक्त गरेका छन ।
परम्परागत र साँस्कृतिक महत्वकासाथ मनाइने सोनाम ल्होसार पर्वले सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धि मिलोस भन्ने प्रचण्डको शुभकामना विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न समुदायका यस प्रकारका साँस्कृतिक पर्वहरुले नेपालीहरुबीच आपसी हार्दिकता र सामाजिक सहिष्णुताको विकास भइ राष्ट्रिय अखण्डता र एक्यवद्धतामा सघाउ पुर्याउँदछ ।’
अध्यक्ष प्रचण्डले समावेशीता र समानुपातिक प्रणालीलाई मजबुत बनाउँदै समाजवादी लक्ष्य हाँसिल गर्न पनि सोनाम ल्होसारले प्रेरण दिने अध्यक्ष प्रचण्डले विश्वास ब्यक्त गरेका छन । उनले भनेका छन ।
