Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतीय अभिनेता अमिताभ दयालको निधन

भारतीय अभिनेता अमिताभ दयालको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७८ बुधवार • १४:२०:५१ बजे
  • 844
    SHARES
  • भारतीय अभिनेता अमिताभ दयालको निधन

    भारतीय अभिनेता अमिताभ दयालको बुधबार बिहान हृदयघातका कारण ६१ वर्षको उमेरमा निधन भएको छ।

    images

    अमिताभकी पत्नी मृणालिन्नी पाटिलले उनको निधनको पुष्टि गरेकी छन्।

    अमिताभले अमिताभ बच्चन, सञ्जय दत्त, जोन अब्राहमका साथ ‘विरुद्ध’ र ओमपुरी, नन्दिता दासका साथ ‘कगार’ जस्ता फिल्ममा अभिनय गरेका थिए।

    उनले श्रीमती मृणालिनीले निर्देशन गरेको फिल्म ‘धुआ’, ‘रंगदारी’, ‘ए दिल्लगी’ जस्ता फिल्ममा पनि अभिनय गरे। मृणालिन्नीका अनुसार गत १७ जनवरीमा अमिताभलाई हृदयघात भएपछि मुम्बईको नानावटी अस्प्तालमा भर्ना गरिएको थियो।

    स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिए पनि गत शनिबार उनी कोरोनामुक्त भएका थिए। तर, बुधबार पुनः उनलाई हृदयघात भएपछि निधन भएको हो। अमिताभको जन्म छत्तीसगढको बिलासपुरमा भएको थियो।

    मृणालिनीका अनुसार परिवारका केही सदस्य छत्तीसगढमा रहेकाले उनीहरु आउनासाथ अमिताभको अन्तिम संस्कार गरिनेछ। अमिताभले सन् २००० मा मराठी निर्देशकसमेत रहेकी मृणालिन्नीसँग विवाह गरेका थिए।

    यद्यपि यो जोडी विवाहको नौ वर्षपछि अलग्गिएका थिए। उनीहरुका दुई सन्तान शिवम पाटिल र अमृता पाटिल छन्।

  • सम्बन्धित विषय:

  • # भारतीय अभिनेता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology