Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसीसी विकास परियोजना मात्र हो : एमाले उपमहासचिव प्रदीप ज्ञवाली

एमसीसी विकास परियोजना मात्र हो : एमाले उपमहासचिव प्रदीप ज्ञवाली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७८ बुधवार • १९:०५:२२ बजे
  • 853
    SHARES
  • एमसीसी विकास परियोजना मात्र हो : एमाले उपमहासचिव प्रदीप ज्ञवाली

    नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीलाई लिएर गठबन्धन दलले भू–राजनीतिक द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् ।

    images

    युवा संघले बुधबार काठमाडौँमा आयोजना गरेको स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति विषयक खुला बहस कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुक अनिर्णयको बन्दी बन्दै गर्दा गठबन्धन दलले भूराजनीतिक द्वन्द्व निम्त्याउन खोजेको बताएका हुन् ।

    उनले एमसीसी विकास परियोजना मात्र भएको भन्दै अहिले जानी जानी भू–राजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काम उचित नरहेको समेत बताए ।

    ज्ञवालीले जनादेशविपरीत बनेको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गरेको आरोप लगाए ।

    उनले अहिले ताजा जनादेशमा जानुको विकल्प नरहेको भन्दै सबै निर्वाचनमा एमाले एक्लै लड्न तयार भएको धारणा राखे । उनले अहिलेको गठबन्धन अप्राकृतिक रहेको बताए ।

    त्यस्तै, कांग्रेस नेता मिनेन्द्र रिजालले एमालेलाई संसद्को अवरोध खुलाउन आग्रह गर्दै सभामुखको भूमिका चित्त नबुझे संविधानअनुसार अगाडि बढ्ने बाटो खुला रहेको बताए ।

    कार्यक्रममा एमाले नेता महेश बस्नेतले संविधान र लोकतन्त्र बचाउन जेठ ४ गतेभित्र स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राखे ।

  • सम्बन्धित विषय:

  • # प्रदीप ज्ञवाली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology