Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

केपी ओलीले गठबन्धन तोड्नका लागि अनावश्यक भ्रम पैदा गर्न खोजे:माधव नेपाल

केपी ओलीले गठबन्धन तोड्नका लागि अनावश्यक भ्रम पैदा गर्न खोजे:माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७८ बुधवार • १९:२९:३२ बजे
  • 1.4K
    SHARES
  • केपी ओलीले गठबन्धन तोड्नका लागि अनावश्यक भ्रम पैदा गर्न खोजे:माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्नका लागि केपी ओलीले अनावश्यक भ्रम पैदा गर्न खोजेको आरोप लगाएका छन् ।

    images

    बुधबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले आफू कमजोर भएपनि गठबन्धन तोड्नका लागि ओलीले अनावश्यक भ्रम पैदा गर्न खोजेको आरोप लगाएका हुन् ।

    उनले गठबन्धन तोड्न आपसी अविश्वास पैदा गर्न खोजिएको भन्दै जाल झेल र षडयन्त्रमा पर्न नहुने तर्क गरे ।

    एमसीसीलाई पास गरे कांग्रेसलाई साथ दिने भन्दै एमालेले गलत तरिका अपनाउन खोजेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

    अध्यक्ष नेपालले आफूहरुले गठबन्धन दलका नेताहरुसँग छलफल गरेको र गठबन्धनलाई बलियो बनाउने विषयमा कुराकानी भएको जानकारी दिए ।

    उनले अहिले पनि केपी ओलीमा व्यक्तिवाद हाबी भएको तर्क गरे । कार्यक्रममा अध्यक्ष नेपालले सिन्धुपाल्चोकबाट विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता–कार्यकर्तालाई नेकपा एसमा प्रवेश गराएका थिए ।

    नेकपा एस प्रवेश गर्नेहरुमा अधिकांश नेकपा एमालेका छन् ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology