Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न एमालेको निर्देशन

चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न एमालेको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७८ बुधवार • १९:३२:१३ बजे
  • 505
    SHARES
  • चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न एमालेको निर्देशन

    प्रमुख विपक्षी नेकपा (एमाले)ले समयमा नै स्थानीय तहको निर्वाचन घोषणाका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

    images

    बुधबार भक्तपुरमा बसेको एमाले सचिवालय बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने भन्दै चुनाव घोषणाका लागि दबावमुलक कार्यक्रम गर्न काठमाडौँमा केन्द्रीय कार्यालयको व्यवस्थापनमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो ।

    त्यस्तै, दबाब स्वरुप सातै प्रदेशमा पनि भेला गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा अन्तर्घात भएको भन्दै अनुशासनहीनता र अन्तर्घात छानबिन गरी कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

    बैठकले तुल्सीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया शर्मालाई पार्टीबाट निष्कासन गरेको छ भने प्रत्येक जिल्लामा एक जना आइटी विज्ञ राख्ने निर्णय पनि गरेको छ ।

    प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय भएको गुरुङले बताए ।

    स्थानीय निर्वाचनमा केन्द्रित भइ केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय एमालेले गरेको छ ।

    पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको र केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

    त्यस्तै, बैठकले फाल्गुन चैत्रभित्र नविकरण र सदस्यता वितरण गर्ने र पार्टी सदस्यता शुल्कको ४० प्रतिशत केन्द्रीय कार्यालय, २५ प्रतिशत प्रदेशमा र २५ प्रतिशत जिल्लामा राखेर १० प्रतिशत पालिका कमिटीमा राख्न समेत निर्देशन दिएको उनले बताए । बैठकले नवयुग पत्रिकालाई सैद्धान्तिक–वैचारिक मुखपत्रका रुपमा चौमासिक प्रकाशन गर्ने निर्णय गरेको छ ।

    उपमहासचिव गुरुङले अहिले नै एमसीसीका बिषयमा पार्टीभित्र छलफल गर्ने समय नभएको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # एमालेको निर्देशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology