Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसीकै कारण गठबन्धन टुट्दैन,एमसीसी पारित पनि हुँदैन : प्रचण्ड

एमसीसीकै कारण गठबन्धन टुट्दैन,एमसीसी पारित पनि हुँदैन : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७८ बिहिवार • १९:४२:४८ बजे
  • 1.2K
    SHARES
  • एमसीसीकै कारण गठबन्धन टुट्दैन,एमसीसी पारित पनि हुँदैन : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) पारित नहुने बताएका छन् ।

    images

    बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले संशोधन नगरि एमसीसी पास नहुने बताएका हुन् । ‘एमसीसीमा भएका केही प्रावधानहरु संशोधन हुनुपर्छ ।

    त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन । एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन’, प्रचण्डको सम्बोधनलाई उद्धत गर्दै बैठकमा सहाभागी एक नेताले भने ।

    एमसीसीलाई देखाएर नेकपा एमालेले सत्तरुढ गठबन्धनलाई टुटाउने खेल खेलको उनको भनाई थियो । एमसीसीकै कारण गठबन्धन नटुट्ने पनि प्रचण्डले बताएका छन् ।

    ‘एमसीसीकै कारण गठबन्धन टुट्दैन, कमजोर रुपमा गठबन्धन बनाएको होइन । यो गठबन्धन टुटाउन जतिसुकै षड्यन्त्र गरेपनि गठबन्धन कायम रहन्छ’, उनले भने ।

  • सम्बन्धित विषय:

  • # एमसीसीकै कारण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology