Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रवासी नेपाली एकता मञ्च ओमानले श्रममन्त्री किसान श्रेष्ठलाई बुझायो ६ बुद्वे ध्यानाकर्षण पत्र 

प्रवासी नेपाली एकता मञ्च ओमानले श्रममन्त्री किसान श्रेष्ठलाई बुझायो ६ बुद्वे ध्यानाकर्षण पत्र 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७८ शुक्रवार • १९:२४:४१ बजे
  • 2.0K
    SHARES
  • प्रवासी नेपाली एकता मञ्च ओमानले श्रममन्त्री किसान श्रेष्ठलाई बुझायो ६ बुद्वे ध्यानाकर्षण पत्र 

    नेकपा( एकीकृत समाजवादी)प्रवास संगठन,प्रवासी नेपाली एकता मञ्च ओमानले प्रवासमा रहेका नेपालीहरुको समस्या समाधानको लागि ६ बुद्वे  ध्यानाकर्षण पत्र श्रम मन्त्री किसान श्रेष्ठलाई बुझाएको छ ।

    images


    मञ्चको उपाध्यक्ष चित्र बहादुर कुवरले मन्त्री कार्यलय सिंहदरबारमा पुगेर देशको चरम बेरोजगारको समस्याले गर्दा दिनप्रतिदिन युवाहारु रोजगारीको लागि बिदेशीन बाध्य रहेको नेपाली युवाको बारेमा नेपाल सरकारले मलेसिया र खाडी मुलुकमा फ्री भिसा फ्री टिकट भने पनि मेनपावर ब्यावस्य गर्नेहरुले १ जना बराबर १ लाख देखि ४ लाख सम्म मन लाग्दो  ढङ्गले पैसा असुल्दै आएको र यसको छिटोभन्दा भन्दा छिटो निराकरण गर्नलाई प्रवासी नेपाली एकता मञ्च ओमानले ध्यानाकर्षण गराएको छ । 

    मञ्चले ध्यानाकर्षण गराएको पत्र जस्ताको तस्तै : 


    नेकपा( एकीकृत समाजवादी)प्रवास संगठन,प्रवासी नेपाली एकता मञ्च ओमानले प्रवासमा रहेका नेपालीहरुको समस्या समाधानको लागि ६ बुद्वे  ध्यानाकर्षण पत्र मञ्चका उपाध्यक्ष चित्र बहादुर कुवरको उपस्थितिमा श्रम मन्त्री किसान श्रेष्ठ आज मिति ४ फेब्रुअरी २०२२ मा मन्त्री कार्यलय सिंहदरबारमा बुझायो।  राष्ट्रियसभा सदस्य  सिंह बहादुर बिक र स्वकीय सचीव प्रकाश रसाइलीलाई सहजीकरणका लागि मञ्चले धन्यवाद व्यक्त गरेको छ ।


    श्री माननीय श्रम मन्त्री ज्यु
    सिंहदरबार काठमाडौ नेपाल 

                      बिषय: ध्यानाकर्षण पत्र 

    उपरोक्त सम्बन्धमा देशको चरम बेरोजगारको समस्याले गर्दा दिनप्रतिदिन युवाहारु रोजगारीको लागि बिदेशि रहेको त सबैलाई अवगत नै छ, त्यसमा पनि नेपाल सरकारले मलेसिया र खाडी मुलुकमा फ्री भिसा फ्री टिकट भने पनि मेनपावर ब्यावस्य गर्नेहरुले १ जना बराबर १ लाख देखि ४ लाख सम्म मन लाग्दी ढङ्गले पैसा असुल्दै आएको हुनाले हाम्रो यसतर्फ ध्यानाकर्षण भएको हुदा ,प्रवासी नेपाली एकता मञ्च ओमानको तर्फबाट माननीय मन्त्री ज्युको ध्यानाकर्षण गराउदछौ।
    हामीले देश बिकास र समृद्धिको लागि युवालाई बिदेश होइन नेपालमा नै रोजगारको वातावरण बनाउनु पर्ने आजको आवस्यक हो, हामी यो चाहन्न कि आजको मिति सम्म बुद्ध र सगरमाथाको देश भनिएर विश्व ले चिनिएको देशलाई भोलि गएर युवाहरूलाई बिदेश पठाएर वृद्धहरु मात्र देशमा बस्ने देश कुन हो भन्दा नेपाल हो भन्ने नहोस्, आज नै हाम्रो ध्यान यस तर्फ गएन भने भोलि त्यो दिन पनि नआउला भन्न सकिन्न त्यसले मन्त्री ज्युले यस तर्फ गम्भीर ध्यान दिनु हुनेछ भन्ने बिश्वासका साथ जोडदार ध्यानाकर्षण गराउदाछौ। 

    (१) फ्री भिसा फ्री टिकट भनेर सरकारले नेपाली रकम १० हजार मात्र मेनपावर ब्यावसायीले लिन पाउने नियम सरकारले बनाएको भए पनि त्यो खाली मिडिया खपतमा मात्रै सिमित भएको देखिन्छ पुनः यसमा अनुगमन गरेर ब्याबहारमा लागु गर्न माननीय मन्त्री ज्यु समक्ष जाेडदार माग गर्दछौं। 

    (२) प्रवासी नेपालीहरुलाई सम्बन्धित मुलुकमा रहेका नेपाली कुटनैतिक नियाेग दुताबास मार्फत मतदाता परिचयपत्र उपलब्ध गराउनुका साथै अावस्यक कानुन निर्माण गरि मतदानमा समेत सहभागी गराउन जाेडदार माग गर्दछौं। 

    (३) बैदेशिक राेजगारीमा जाने  श्रमिक नेपालीहरुका लागि श्रमस्वीकृति हालसम्मको अबस्था हेर्दा अत्यन्तै कष्टकर देखिन्छ बिगत केही समय पहिले सम्बन्धित देशका नेपाली कुटनैतिक नियाेगबाट श्रमिकको श्रमस्वीकृति गरिने भनिएको भए पनि हालसम्म अाेमन लगायतका कैयौं मुलुकहरुमा लागु नभएकाे  देखिन्छ यो बिषयमा पुनः अनुगमन गरि यथाशीघ्र सम्बन्धित देशका दुताबासबाट नै श्रम स्विकृति उपलब्ध गराउन जाेडदार माग गर्दछौं। 

    (४) रोजगारदाता परिबर्तन गरेका घरेलु श्रमिक कामदारहरुलाइ सरकारले श्रम स्विकृती नदिएर धेरैकाे राेजगारी गुमेको देखिन्छ यसमा नेपाल सरकारकाे गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं सम्बन्धित मुलुकमा रहेका दुताबासबाट अावस्यक जानकारी लिएर श्रम स्विकृती दिन माननीय मन्त्री ज्यु समक्ष जाेडदार माग गर्दछौं। 

    (५) घरेलुु कामदार पठाउन सरकारले राेक लगाए पनि गैरकानुनी बाटो छिमेकी भारत ,श्रीलंका ,बंगलादेश,माल्दिस ,बर्मा हुदै माेटाे रकम एजेन्ट लिएर पठाउने कार्य हालसम्म राेकिएकाे छैन यस्तो गैरकानुनी कार्यलाई तुरुन्तै राेकेर मुलुक भित्र नै राेजगारी सिर्जना गर्न माग गर्दछौ यदि राेजगारि देशभित्र हालैको लागि असम्भव भए अावस्यक कानुन निर्माण गरेरमात्र घरेलु श्रमिक कामदार पठाउन ध्यानाकर्षण गर्दछौं यसाे भएको खन्डमा राज्यकोषमै फाइदा हुनेछ। 

    (६) बैदेशिक राेजगारीमा रहेका श्रमिक नेपालीहरुका लागि सरकारले बिमा गरेसँगै सन्चयकाेषकाे समेत ब्याबस्था गर्न जाेडदार माग गर्दछौं ,
    लिला नाथ कोइराला              तेजबहादुर तामाङ              
              अध्यक्ष                            महासचिव

    p1.jpg

    p2.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology