Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

महासचिवमा पुन र शर्मा कसले मार्लान् बाजी ?

महासचिवमा पुन र शर्मा कसले मार्लान् बाजी ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७८ शुक्रवार • २०:०१:२२ बजे
  • 601
    SHARES
  • महासचिवमा पुन र शर्मा कसले मार्लान् बाजी ?

    नेकपा माओवादी केन्द्रमा महासचिव पदका लागि दुई जना बलिया दाबेदार देखिएका छन् ।

    images

    सुरुमा महासचिवको आकाङ्क्षीमा धेरै नेताहरू देखिए पनि पछिल्लो समय खासगरी वर्षमान पुन र जनार्दन शर्मा महासचिवको दावेदारीबाट पछि हटेका छैनन् । महासचिवमा दाबी गरिरहेका पुन र शर्मा अध्यक्ष प्रचण्डका विस्वासपात्र समेत मानिन्छन् ।

    दुवैलाई सहमतिमा ल्यउन प्रचण्डले प्रयास गरिरहेका छन् । तर दुवै नेता आफ्नो अडानबाट पछि हटिनसकेकाले उनीहरुलाई मनाउने प्रयास जारी रहेको खुमलटार स्रोतले जनाएको छ ।

    अध्यक्ष प्रचण्ड मतदान गर्नुभन्दा सहमतिमै पदाधिकारी र प्याकेजमा स्थायी कमिटी र पोलिटब्युरो चयन गर्न चाहन्छन् । त्यसका लागि उनले नेता नारायणकाजी श्रेष्ठसँग हाइकमाण्डको सहमति गर्नेछन् ।

    ‘सहमतिमै भए राम्रो भन्ने अध्यक्षको बुझाई छ । तर सहमति जुट्नै सकेन भने मतदान हुने त स्वाभाविक भयो तर मेरो बुझाइमा पदाधिकारी सहमतिबाटै चयन हुन्छ’, प्रचण्ड निकट मानिएका नेता शक्ति बस्नेतको भनाइ छ 

    अर्का एक नेता भन्छन्, ‘पहिला नेकपामा ओली र प्रचण्ड जस्तै हाल माओवादीमा प्रचण्ड र नारायणकाजीको अवस्था छ । त्यसैले पहिलो सहमति नै प्रचण्डले नारायणकाजीबाट जुटाउने प्रयास भइरहेको ।

    ती नेताका अनुसार नारायणकाजीसँग पदाधिकारीसहित अन्य पार्टी कमिटीमा पनि सहमति जुटेमात्रै अघि बढ्ने प्रचण्डको मनसाय देखिन्छ ।

  • सम्बन्धित विषय:

  • # महासचिवमा पुन र शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology