Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमसीसी अघि बढ्छ : परराष्ट्रमन्त्री खड्का

एमसीसी अघि बढ्छ : परराष्ट्रमन्त्री खड्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७८ शनिवार • १२:५६:४८ बजे
  • 562
    SHARES
  • एमसीसी अघि बढ्छ : परराष्ट्रमन्त्री खड्का

    परराष्ट्रमन्त्री डा.नारायण खड्काले सबैको सहमतिमा एमसीसीलाई अघि बढाउने बताएका छन् ।

    images

    शुक्रबार उदयपुरमा कांग्रेस चौदण्डीगढी नगर कमिटले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा मन्त्री खड्काले विभिन्न बहानामा एमसीसीका बारेमा जनतामा भ्रम छर्न खोजिएका भन्दै सबैको सहमतिमा नै यसलाई अघि बढाउने बताएका हुन् ।

    उनले एमसिसी गरिबी न्यूनिकरणका लागि अमेरिकाले दिएको एउटा परियोजना मात्र रहेको जिकिर गरे ।

    एमसिसी परियोजना नेपालमा लागु भए नेपालमा विधुत् उत्पादन अत्याधिक हुने र उक्त विधुत् बिक्री गरेर नेपाल आत्मनिर्भर हुन सक्ने उनले बताए ।

    कार्यक्रममा विभिन्न दल परित्याग गरेको कार्यकर्तालाई कांग्रेस प्रवेश गराइएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology