Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमसीसी सम्झौता म रक्षामन्त्री हुँदा गरिएको होइन:भीम रावल

एमसीसी सम्झौता म रक्षामन्त्री हुँदा गरिएको होइन:भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७८ शनिवार • १२:५९:१८ बजे
  • 1.1K
    SHARES
  • एमसीसी सम्झौता म रक्षामन्त्री हुँदा गरिएको होइन:भीम रावल

    अमेरिकी सहयोग परियोजना मिलेनिय च्यालेञ्ज कर्पोरेसन (एमसीसी) आफू रक्षामन्त्री हुँदा स्वीकृत गरिएको आरोप लागेपछि नेकपा (एमाले)का नेता डा.भीम रावलले खण्डन गरेका छन् ।

    images

    एक सञ्चार माध्यमले रावल रक्षामन्त्री भएकै बेला एमसीसीमा अमेरिकी कानुन लागु हुने सम्झौता भएको दाबी गर्दै समाचार लेखेपछि रावलले त्यो कुराको अस्वीकार गरेका हुन् ।

    उनले उक्त ‘कुप्रचार’ एमसीसीका राष्ट्रघाती प्रावधान अनुमोदन गराउने षड्यन्त्र भएको आरोप पनि लगाएका छन् ।

    उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,“उत्तर– यो कुप्रचार एमसीसीका राष्ट्रघाती प्रावधानहरूलाई अनुमोदन गराउने षडयन्त्र हो ।

    यसमा उल्लेखित सम्झौतालाई कार्यदलको प्रतिवेदनमा विरोध गरेका छौँ । म रक्षा मन्त्रालयमा छँदा स्वीकृत गरिएको होइन । मन्त्रिपरिषद्‌बाट सहमति दिइएको मलाई जानकारी छैन ।

    कसैले छलेर गरेको भएपनि मान्य हुन सक्दैन ।”

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology