Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश

अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७८ शनिवार • १४:३१:३८ बजे
  • 769
    SHARES
  • अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश

    पोर्न फिल्म मामिलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ ।

    images

    शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् ।

    अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ ।

    ‘यही बीच अपिलकर्ताको विरुद्ध कुनै पनि दण्डात्मक कारबाही नगर्नुहोला’, आदेशमा भनिएको छ ।शर्मिलनका वकिल सुनील फर्नान्डिजले यो मामलाका अन्य आरोपीहरूलाई पहिला नै सुरक्षा दिइसकेको बताए ।

    मामलाको एक मुद्दामा शर्लिनलाई अभिनेत्री पुनम पाण्डेसँग आरोपी बनाइएको छ ।

    अदालतले गत जनवरी १८ मा पुनम पाण्डेलाई पनि पक्राउमा रोक लगाउँदै सुरक्षा प्रदान गरिएको थियो ।

    उच्च अदालतले शर्लिनको अग्रिम जमानत अपिल गत वर्षको नोभेम्बर २५ मा खारेज गरिदिएको थियो ।

  • सम्बन्धित विषय:

  • # शर्लिन चोपडा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology