Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जुवा खेलेर ६४ करोड रुपैयाँ हारेपछि...

जुवा खेलेर ६४ करोड रुपैयाँ हारेपछि...

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७८ शनिवार • १५:५८:५७ बजे
  • 1.4K
    SHARES
  • जुवा खेलेर ६४ करोड रुपैयाँ हारेपछि...

    मलेसियाका एक व्यापारीले लन्डनमा एक क्यासिनोमा जुवा खेलेर ६४ करोड रुपैयाँ गुमाएका छन् ।

    images

    तर अचम्मको कुरा के छ भने उनले आफ्नो यो हारलाई क्यासिनोलाई जिम्मेवार ठहराएका छन् । यति मात्रै होइन उनले क्यासिनोविरुद्ध मुद्दा नै दर्ता गराएका छन् ।

    मलेसियाका यी व्यापारीको परिचय लिम हान जोह रहेको छ । लिम २०१५ मा मलेसियाबाट लन्डन व्यवसायीक भ्रमणमा गएका थिए । त्यहाँ एक क्यासिनोमा लिमले ६४ करोड रुपैयाँ हारेका थिए ।

    लिमले जब सबै पैसा हारे उनी क्यासिनोमाथिनै जाइलागे । उनले आफ्नो पैसा क्यासिनोको गल्तीबाट गुमेको बताएका छन् ।

    आफूले जुवा खेलेर त्यत्रो पैसा हार्दा पनि क्यासिनोले नरोकेको भन्ने उनको गुनासो रहेको छ ।

    उनका अनुसार त्यति ठूलो रकम हार्दा क्यासिनोले रोक्नु पर्ने थियो । तर क्यासिनोले जुवा खेल्न थप रकम दिएको उनको आरोप छ ।

    २०१५ को यो घटनालाई लिएर उनले क्यासिनोमाथि मुद्दा दायर गरेका थियो ।

    लीम मलेसियाका सर्वाधिक धनी व्यापारी मध्येका एक हुन् । उनको सम्पत्ति मलेसिया र लन्डन दुवै ठाउँमा रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology