Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेलाई समाप्त पार्न निर्माण भएको गठबधन हो : ईश्वर पोखरेल

एमालेलाई समाप्त पार्न निर्माण भएको गठबधन हो : ईश्वर पोखरेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७८ शनिवार • १९:३२:११ बजे
  • 1.5K
    SHARES
  • एमालेलाई समाप्त पार्न  निर्माण भएको गठबधन हो : ईश्वर पोखरेल

    नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गरेको आरोप लगाएका छन् ।

    images

    प्रेस चौतारी नेपालको स्थापना दिवसका शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धन सरकारले पूर्वाधार निर्माणलगायतका कामहरु रोकेको भन्दै विकासको सपनालाई मूर्छित पार्ने काम गरेको आरोप लगाएका हुन् ।

    एमालेलाई समाप्त गर्ने विशाक्त विचार बोकेर निर्माण भएको गठबधनलाई राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका मुद्दामा कुनै चासो नै नरहेको उनले बताए ।

    पोखरेलले वर्तमान सरकार बनेपछि कालापानी र लिपुलेकलाई पनि अपनत्व दिन नसकेको तर्क गरे । एमालेले संघीयताको बलियो कार्यान्वयन चाहको भन्दै उनले संघीयता नचाहनेहरुलाई लिएर गठबन्धन दल अघि बढेको बताए ।

    स्थानीय तहको चुनावको मिति घोषणा नगरेर परमादेश सरकारले संविधान र कानुन उलंघन गरेको उनको भनाइ छ ।

    उनले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी दिए ।

    प्रेस चौतारी नेपालले २४औँ स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घोषणा पनि गरेको छ । प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको हो ।

  • सम्बन्धित विषय:

  • # ईश्वर पोखरेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology