Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

राष्ट्रपति रओली बीच भेटवार्ता काँग्रेस-एमाले मिलाएर एमसिसी पास गर्ने चर्चा !

राष्ट्रपति रओली बीच भेटवार्ता काँग्रेस-एमाले मिलाएर एमसिसी पास गर्ने चर्चा !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७८ आइतवार • ०८:४२:२२ बजे
  • 814
    SHARES
  • राष्ट्रपति रओली बीच भेटवार्ता काँग्रेस-एमाले मिलाएर एमसिसी पास गर्ने  चर्चा !

    राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    images

    प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार शीतलनिवास पुगेका थिए । सरकाले स्थानीय निर्वाचनको मिति तोक्न नसकिरहेको अवस्थामा राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता भएको हो ।

    भेटमा समसामयिक राजनीतिक परीस्थितीका बिषयमा कुराकानी भएको बताइएको छ । भेटमा स्थानीय तहको निर्वाचन र एमसीसीको बिषयमा पनि कुराकानी भएको बताइएको छ ।

    राष्ट्रिपतिसहित एमाले र निर्वाचन आयोगको बैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई दवाद दिइरहेको छ । त्यस्तै पाँचदलीय गठबन्धनमा घाँडो बनेको एमसिसीको सम्बन्धमा एमाले र काँग्रेस मिलाएर पास गराउने सम्बन्धमा राष्ट्रपतिले भूमिका खेलिरहेको राजनीतिक वृतमा चर्चा चलिरहेको छ ।

    एमसिसी पास गर्ने काँग्रेसको चाहना भएपनि गठबन्धनका मओवादी र नेकपा एकीकृत समाजवादीले भने अहिलेकै अवस्थामा हरहालतमा एमसिसी पास गर्न नहुने अडान राखिरहेको छ ।

    यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे लिखित नोट बुझाउँदै स्थानीय तहको चुनावको वैशाखमै गराउन दबाब दिएकी थिइन्।

    उक्त नोटपछि राष्ट्रिपति भण्डारीको आलोचनासमेत भएको थियो । चौतर्फी दवावपछि प्रधानमन्त्री देउवा जेठमै स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology