Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमसीसीले भन्यो: प्रतिवद्धता अनुसार सम्झौता अनुमोदन गर्नुस्

एमसीसीले भन्यो: प्रतिवद्धता अनुसार सम्झौता अनुमोदन गर्नुस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७८ आइतवार • १२:४२:२५ बजे
  • 1.2K
    SHARES
  • एमसीसीले भन्यो: प्रतिवद्धता अनुसार सम्झौता अनुमोदन गर्नुस्

    अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)ले आउँदो फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र एमसीसी सम्बन्धी सम्झौता अनुमोदन गर्न ध्यानाकर्षण गराउँदै नेपाललाई पत्र पठाएको छ ।

    images

    एमसीसी मुख्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई संयुक्त पत्र पठाएर सम्झौता अनुमोदन गर्ने अन्तिम समयसीमा सम्झाएको हो ।

    अमेरिकी सरकारको सहायता परियोजना एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले ३ फेब्रुअरीमा नेपाललाई पत्र लेख्दै एमसीसी सम्झौता कार्यान्वयनका लागि अमेरिकाले लामो समय कुर्न नसक्ने प्रष्ट पारेका हुन् ।

    यसअघि असोज १३ मा प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्रमा सम्झौता संसद्‌बाट अनुमोदन गर्ने प्रतिवद्धता जनाउँदै पाँच महिनाको समयसीमा मागेका थिए ।

    त्यो समयसीमा १६ फागुनमा सकिँदै छ । दुवै नेताले पत्रमा पाँच महिनामा एमसीसीका पक्षमा सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग सकरात्मक छलफल गर्ने र एमसीसी अनुमोदनका लागि वातावरण बनाउने प्रतिवद्धता जनाएका थिए ।

  • सम्बन्धित विषय:

  • # एमसीसी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology