Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७८ आइतवार • १२:४३:५९ बजे
  • 1.5K
    SHARES
  • तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

    स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

    images

    कालिगण्डकी नदीमा बनाइएको यो पुलले स्याङ्जाको कालीगण्डकी-१ कारिकोट चन्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका-१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका-१ रिडीलाई जोड्ने गर्दछ ।

    २०७१ साल असार १० गते नयाँ बाटो-रुबिना-मना-जेबीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वाधार विभाग अन्तर्गतको झोलुंगे पुल शाखासँग निर्माण सम्झौता गरेका थिए ।

    सम्झौतामा ९ करोड ८८ लाख २६ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख थियो । झोलुंगे पुल शाखाका योजना प्रमुख भरत अर्यालका अनुसार सात वर्षपछि बल्ल पुल निर्माण सम्पन्न हुँदै छ ।

    यसबीचमा तेस्रो पटक म्याद थप गरिएको थियो । अहिले ९० प्रतिशत काम सकिएको र आगामी चैतभित्र निर्माण सम्पन्न हुने अनुमान गरिएको अर्यालको भनाइ छ ।

    स्याङ्जा, पाल्पा र गुल्मी तीन जिल्लाको मध्यभागमा पर्ने गरी १७७ मिटर अग्लो मुख्य पिलर निर्माण गरिएको छ । तीन जिल्लाबाट लठ्ठा तानेर मुख्य पिलरमा जोडिएको छ । अब पुलमा सौर्यबत्ती जडान, रंगरोगन र पुलमा उक्लिने भर्‍याङ बनाउन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # तीनमुखे झोलुङ्गे पुल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology