प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएका छन् ।
आज दिउँसो शीर्ष दुई नेतासित बसेर प्रधानमन्त्रीले गम्भीर रुपमा छलफल गर्न चाहेपछि ओली र प्रचण्ड बालुवाटार जाने भएका छन् । दिउँसो ४ बजे बालुवाटारमा शीर्ष तीन नेताबीच भेटवार्ता हुने निश्चित भएको छ ।
एमालेको समर्थनमा एमसीसी पारित गर्न लागेको आरोप खेपिहरेका प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार जानुलाई महत्वका साथ हेरिएको छ ।
देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ओली बालुवाटार जान लागेका हुन् ।
यसअघि गत पुस २४ गते ओलीलाई भेट्न देउवा बालकोट पुगेका थिए ।