Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रचण्डले देउवालाई भने,ओली सँग मिलेर एमसीसी पास पारित गर्नुस्,हामी सरकारमा रहन्नौ

प्रचण्डले देउवालाई भने,ओली सँग मिलेर एमसीसी पास पारित गर्नुस्,हामी सरकारमा रहन्नौ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७८ आइतवार • १४:५६:२४ बजे
  • 730
    SHARES
  • प्रचण्डले देउवालाई भने,ओली सँग मिलेर एमसीसी पास पारित गर्नुस्,हामी सरकारमा रहन्नौ

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवर्जस्ती एमसीसी पास गर्नेतिर प्रधानमन्त्री शेरबहादुर देउवा लाग्ने हो भने सरकार छाड्ने चेतावनी दिएका छन् ।

    images

    जसरी पनि एमसीसी पास गर्ने पक्षमा प्रधानमन्त्री देउवा देखिएको भन्दै प्रचण्डले सरकार र गठबन्धन छाड्न तयार रहेको बताएका छन् ।

    प्रधानमन्त्री र प्रचण्डले एमसीसीलाई केही महिनाअघि लेखेको पत्र सार्वजनिक भएलगत्तै प्रचण्डले प्रधानमन्त्रीले फोन गरी आफू एमसीसी पारित गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।

    एमसीसी पारित नगर्ने योजनाका साथ केही महिना झुलाउन लेखिएको पत्र समय घर्केपछि प्रधानमन्त्रीकै चाहनामा सार्वजनिक गरिएको खुमलटारको बुझाई छ ।

    खुमलटार स्रोतले भने– ‘पारित नगर्ने साल्लाह बमोजिम एमसीसीलाई झुलाउन पत्र लेखिएको थियो । त्यो पत्रमा भनिएको समय पनि घर्किसक्यो ।

    समय घर्केपछि पत्र सार्वजनिक गर्नुको अर्थ दबाब दिएर एमसीसी पारित गर्न खोज्नु हो । त्यो कुनै पनि अवस्थामा स्वीकार्य छैन ।’ पत्र सार्वजनिक भएसँगै प्रचण्डले देउवालाई फोन गरेर भने– ‘तपाई जसरी पनि एमसीसी पारित गर्ने पक्षमा हुनुहुन्छ भन्ने प्रष्ट भयो ।

    यदि, त्यो हो भने ओली (केपी शर्मा ओली)सँग मिलेर पारित गर्नुस् । हामी सरकारमा रहन्नौ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology