Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसीबारे पार्टीकाे अडान कायमै छ,सम्झाैता स्वीकार्न सकिँदैन : नेता श्रेष्ठ

एमसीसीबारे पार्टीकाे अडान कायमै छ,सम्झाैता स्वीकार्न सकिँदैन : नेता श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७८ आइतवार • १६:५१:०३ बजे
  • 604
    SHARES
  • एमसीसीबारे पार्टीकाे अडान कायमै छ,सम्झाैता स्वीकार्न सकिँदैन : नेता श्रेष्ठ

    नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) काे बारेमा पार्टीकाे दृष्टिकाेण र अडानप्रति भ्रममा नपर्न आग्रह गर्नुभएकाे छ ।

    images

    प्रधानमन्त्री शेरबहादुर र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्र सार्वजनिक भएसँगै नेता श्रेष्ठले यस्ताे बताउनुभएकाे हाे ।

    11.JPG

    उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘’प्रम देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पङ्क्ति र सबैमा अनुरोध छ ।

    यस्तै नेता श्रेष्ठले पार्टी दृढ रहेकाे, यथास्थितिमा एमसीसी स्वीकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन नमिल्ने बताउनुभएकाे छ ।

    ‘’पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन, सकिँदैन, उहाँले लेख्नुभएकाे छ ।

    याे अनुदान सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धि जस्तै संसदबाट पारित गराएर प्रचलित कानुनभन्दा माथि लैजान खोजिएको भन्दै चर्को विरोध भइरहेको छ ।

    सम्झौता नेपालकै हितमा छ भन्ने प्रधानमन्त्रीसहित जिम्मेवार नेताहरूले समेत जनस्तरमा यसबारे प्रष्ट कुरा बुझाउन सकेका छैनन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology