Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसीलाई पत्र पठाएपछि प्रचण्डले गराएका थिए पार्टीलाई जानकारी

एमसीसीलाई पत्र पठाएपछि प्रचण्डले गराएका थिए पार्टीलाई जानकारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७८ आइतवार • १७:५९:३० बजे
  • 1.5K
    SHARES
  • एमसीसीलाई पत्र पठाएपछि प्रचण्डले गराएका थिए पार्टीलाई जानकारी

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच महिनाभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धतासहितको पत्र लेखेको बारेमा पार्टीलाई जानकारी गराएको खुलेको छ ।

    images

    माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एमसीसी पारित गर्ने विषयमा नियोगलाई पत्र लेखेको जानकारी अनौपचारिक रूपमा अध्यक्ष प्रचण्डले पार्टी बैठकमा गराएका जनाएका छन् ।

    ‘एमसीसीलाई लिएर अमेरिकालाई पत्र लेखेको जानकारी अध्यक्ष प्रचण्डले पार्टीमा गराउनु भएको थियो,’ गजुरेलले भने, ‘तर, पार्टी बैठकमा औपचारिक छलफलको विषय नबने पनि अनौपचारिक जानकारी चाहिँ पत्र पठाएपछि गराउनुभएको थियो ।

    ’ उनका अनुसार अध्यक्ष प्रचण्डले एमसीसीका बारेमा पत्र लेखेको विषय माओवादीका सबै शीर्ष नेताहरू भने जानकार थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology