Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

बालुवाटार बैठक:देउवा र प्रचण्डको मत बाझियो, ओली १४ जना गैर सांसद संसदमा राख्ने कुरा अविलम्ब रोक्न अडान

बालुवाटार बैठक:देउवा र प्रचण्डको मत बाझियो, ओली १४ जना गैर सांसद संसदमा राख्ने कुरा अविलम्ब रोक्न अडान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७८ आइतवार • १८:५०:११ बजे
  • 2.7K
    SHARES
  • बालुवाटार बैठक:देउवा र प्रचण्डको मत बाझियो, ओली १४ जना गैर सांसद संसदमा राख्ने कुरा अविलम्ब रोक्न अडान

    प्रधानमन्त्री निवास बालुवाटार तीन शीर्ष नेताहरुबीचको भेटवार्ता सकिएको छ । आइतबार बालुवाटारमा २ घन्टाको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विविध विषयमा छलफल भएको छ ।

    images

    छलफलको सुरुवातमै प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउन सहयोग मागेका थिए । तर, माओवादी अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पछि मात्र अघि बढाउन आग्रह गरे ।

    प्रधानमन्त्री देउवा भने एमसीसीबारे चाँडै निर्णय गर्नुपर्नेमा देखिन्थे । यद्यपि, सत्तासाझेदार दल माओवादीका अध्यक्ष प्रचण्डले यस विषयमा स्थानीय चुनावपछि मात्र अघि बढ्नुपर्ने भनेका छन् ।

    एमाले अध्यक्ष ओलीले भने यसअघिकै आफ्नो अडान राखेका छन् । उनले पहिला सत्तारूढ गठबन्धन यस विषयमा स्पष्ट हुनुपर्ने बताएका छन् भने संसद अवरुद्धसम्बन्धी सभामुखको कदम सच्चिनुपर्ने उनलेबताए ।

    बैठकमा सहभागी भएका एमाले महासचिव शंकर पोखरेलले सञ्चारकर्मीसँग भने, ‘एमसीसीका सन्दर्भमा (प्रचण्ड) प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गरोस् वा संयुक्त रुपमा प्रतिपक्ष समेत भएर चुनाव पछाडि मात्र अगाडि बढाउन उचित हुन्छ भनेर प्रस्ताव पठाउँ भनेर आग्रह गर्नु भएको छ ।’

    महासचिव पोखरेलले एमसीसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजानिक नगरेसम्म एमाले नहतारिने पनि बताएका छन् । उनले भने, ‘सरकारले स्पष्ट पारिसकेपछि हामी स्पष्ट दृष्टिकोणका साथ उपस्थित हुन्छौँ । सत्तापक्ष नै अनिर्णित भएर बस्ने कुरा राम्रो होइन । सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजनिक नगरेसम्म एमाले हतारिँदैन ।

    संसद अवरुद्धबारे सभामुखको कदम सच्चिनुपर्ने पोखरेलले बताए । उनले भने, ‘हामी फेरि पनि आग्रह गर्न चाहान्छौं सभामुखबाट भएको कमजोरी सच्याउनुपर्‍यो । १४ जना गैर सांसद संसदमा राख्ने कुरा अविलम्ब रोक्नुपर्छ ।’

  • सम्बन्धित विषय:

  • # देउवा र ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology