Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रचण्ड माथि बाबुरामको कटाक्ष : माछा देखे भित्र हात,सर्प देखे बाहिर हात !

प्रचण्ड माथि बाबुरामको कटाक्ष : माछा देखे भित्र हात,सर्प देखे बाहिर हात !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७८ सोमवार • ०८:३०:४१ बजे
  • 628
    SHARES
  • प्रचण्ड माथि बाबुरामको कटाक्ष : माछा देखे भित्र हात,सर्प देखे बाहिर हात !

    जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।

    images

    पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी नेपालमा परित गर्ने भन्दै अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएपछि टिप्पणी गरेका हुन् ।

    उनले सामाजिक संजाल ट्वीटरमा प्रचण्डलाई दुई जिब्रेको संज्ञा दिँदै पाखण्डी स्वभावको प्रवृत्तिले मुलुक नबन्ने बताएका छन् । ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद !

    माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन,’ भट्टराईले भनेका छन् ।

    उनले अध्यक्ष प्रचण्डलाई भित्र भित्र राष्ट्रघात गर्ने र बाहिर भने राष्ट्रवादको भ्रम छर्ने भन्दै टिप्पणी गरेका छन् । भट्टराईले प्रचण्डमा माछा देखे भित्र हात हाल्ने र सर्प देखे बाहिर हात निकाल्ने, भित्र खाओवाद बाहिर माओवाद प्रवित्तिको चित्रण भइसकेको आरोप लगाएका छन् ।

    प्रचण्डको यो प्रवृत्तिका कारण एमसीसी जुन ढंगले गिजोलिँदै छ । त्यसको परिणाम भम्भीर हुने र अति भए खति हुने उनले उल्लेख गरेका छन् ।

    डा. भट्टराईको ट्वीट

    भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। एमसीसी जुन ढंगले गिजोलिदैछ, त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology