Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कानुनमन्त्री पनि उभिए प्रधानन्यायाधीशका विरुद्धमा

कानुनमन्त्री पनि उभिए प्रधानन्यायाधीशका विरुद्धमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७८ सोमवार • ०८:३४:५७ बजे
  • 925
    SHARES
  • कानुनमन्त्री पनि उभिए प्रधानन्यायाधीशका विरुद्धमा

    न्यायालयमा देखिएको समस्या समाधानका लागि पहल गर्नुपर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु आइतबार बोलाइएको न्यायसेवा आयोगको बैठकमा नगएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विपक्षमा देखिएका छन् ।

    images

    न्यायालयभित्रको द्वन्द्वले न्याय प्रणालीका विभिन्न क्षेत्रमा असर परिरहेका बेला समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने कानुनमन्त्री नै बैठकमा अनुपस्थित हुनुले सरकार यो मामिलामा गम्भीर नभएको बुझिन्छ ।

    न्यायसेवा आयोगका सदस्य सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी पनि बैठकमा उपस्थित भएनन् ।

    न्यायसेवा आयोग र न्याय परिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ । अध्यक्षको हैसियतले जबराले न्यायसेवा आयोगको बैठक बोलाएका थिए । अध्यक्ष जबराले सोमबार न्याय परिषद्को पनि बैठक बोलाएका छन् ।

    कानुनमन्त्री बडु परिषद्को बैठकमा पनि उपस्थित नहुने भएका छन् । न्यायसेवा आयोगको बैठकमा कानुनमन्त्री बडु नगएको विषयमा बुझ्दा उनका निकट सहयोगीले भने, ‘आइतबार पनि यस्तै भयो, कुरो बुझिहाल्नुभयो ।

    भोलि पनि यस्तै हुन्छ होला ।’

    यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # कानुनमन्त्री पनि उभिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology