Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

सत्ता गठबन्धन छाडेर जनमोर्चा सडकमा

सत्ता गठबन्धन छाडेर जनमोर्चा सडकमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७८ सोमवार • ०८:४१:२५ बजे
  • 1.4K
    SHARES
  • सत्ता गठबन्धन छाडेर जनमोर्चा सडकमा

    अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई प्रतिनिधिसभावाट पारित गर्ने तयारी तिव्र भईरहेको बेला शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको एक घटक सडक आन्दोलनमा होमिएको छ ।

    images

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय सत्ता गठबन्धनवाट अलग भएर जनमोर्चा भने एमसीसीको बिरोधमा आन्दोलनमा होम्मिएको हो ।

    सत्ता गठबन्धन तथा संघीय संसद भन्दा बाहिर रहेका साना बामपन्थी दलहरुसँग मिलेर चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाले २५ र २६ माघका लागि देशैभरी बिरोध प्रदर्शन गर्ने निर्णय अनुसार सडक संघर्षमा उत्रिएको हो ।

    जसअनुसार २५ माघमा देशैभरी संयुक्त कोणसभा गर्न लागेका साना बामपन्थी दललाई साथ दिदैँ जनमोर्चाले माघ २६ गते काठमाडौं उपत्यकामा माइतीघरवाट जुलुससहित संसद भवन अगाडी बिरोध प्रदर्शन र देशैभरी सदरमुकामहरुमा संयुक्त बिरोध प्रदर्शन र सभामा सहभागी हुने निर्णय लिएको छ ।

    साना बामपन्थी दलहरुसँग मिलेर सडक संघर्षमा उत्रिएको जनमोर्चाले ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदवाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनता माथीको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका बिरुद्ध शशक्त आन्दोलन सृष्टी गर्न’ अपिलसमेत गरेको छ ।

    पाँच दलीय गठबन्धनको एक घटक जनमोर्चाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीसँग मिलेर संयुक्त आन्दोलन गर्न लागेको हो । 

    आन्दोलनमा सहभागी सिंह नेतृत्वको नेकपा (मसाल) जनमोर्चाको माऊ पार्टीसमेत हो ।

  • सम्बन्धित विषय:

  • # जनमोर्चा सडकमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology