Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ब्राजिलको रियो डी जेनेरियो परिषदको जुम बैठकमा एक जोडी यौन कार्यमा लिप्त भएपछि

ब्राजिलको रियो डी जेनेरियो परिषदको जुम बैठकमा एक जोडी यौन कार्यमा लिप्त भएपछि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७७ सोमवार • ०९:३६:०२ बजे
  • 1.6K
    SHARES
  • ब्राजिलको रियो डी जेनेरियो परिषदको जुम बैठकमा एक जोडी यौन कार्यमा लिप्त भएपछि
    एजेन्सी - ब्राजिलको रियो डी जेनेरियो परिषदको जुम बैठकमा एक जोडी यौन कार्यमा लिप्त भएपछि लज्जास्पद स्थिति बन्यो । ती जोडीले आफनो ल्यापटपको क्यामरा बन्द गरेको थिएन, जसले उनीहरुको सबै कृयाकलाप प्रत्यक्ष प्रसारित हुन पुगेका थियो । उक्त बैठकको अध्यक्षता सोसलिज्म र लिबर्टी पाटीएका एक सदस्य लिओनेल ब्रिजोलाले गरेकी थिइन् ।

    उक्त लज्जास्पद घटना प्रत्यक्ष प्रसारित भइरहँदा पनि ब्रिजोलाले आफनो बैठक जारी राखिन् । रियो शहरको परिषद बैठकमा कोरोना संकटलाई ध्यानमा राख्दो विद्यार्थीका लागि खानाको ग्यारेन्टी गर्ने विषयमा चर्चा भइरहेको थियो । सामाजिक सन्जालमा सेयर भइरहेको भिडियो फुटेजमा जुममा भइरहेको बैठकका क्रममा त्यसमा सहभागी एक ब्यक्ती बैठक छोडेर यौन कार्य गर्न थालेको देखिएको थियो ।

    यो बैठक विहान १० बजे शुरु भएको थियो । बैठक आफनो योजना अनुसार चलिरहेको थियो । यसबीच त्यसमा सहभागी ती ब्यक्ती चर्चा गर्न छोडेर सेक्स गर्न थालेका थिए । त्यतिबेला उनको डिभाइसको क्यामरा अन थियो । स्थानिय अखबारका अनुसार ती ब्यक्ती पार्षद थिएन । उक्त बैठक ४ घन्टा सम्म चलेको थियो । यस क्रममा पार्षदहरुले पुरै घटना देखेको तर उनीहरुले नदेखे जस्तो गरेका थिए ।

    ब्रिजोलाले उक्त घटनालाई लिएर खेद ब्यक्ती गरेकी छन् । जब आफुले उक्त घटना देखे, उनले तत्काल भिडियो र अडियो बन्द गर्न आदेश दिएको उनले बताइन् । उक्त घटनामा संलग्न ब्यक्तीलाई कुनै कारवाही भयो वा भएन भन्ने विषयमा तत्काल स्पष्ट भएको छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology