Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान एमसीसी फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल हुन्छन् : सूर्य थापा

मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान एमसीसी फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल हुन्छन् : सूर्य थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७८ सोमवार • १४:१४:१२ बजे
  • 874
    SHARES
  • मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान एमसीसी फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल हुन्छन् : सूर्य थापा

    नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका माधवकुमार नेपालले देशलाई चौतर्फी संकटमा फसाउने काम गरिरहेको आरोप लगाएका छन्।

    images

    उनले अमेरिकी सहायता परियोजना (एमसिसी) फिर्ता पठाउने बहानामा प्रचण्ड र नेपालले देशलाई चौतर्फी संकटमा फसाउने काम गरिरहेको आरोप लगाएका हुन्।

    थापाले एमसीसी फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल नै हुने बताएका छन्।

    ‘कुनै मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान विरूद्द आन्दोलन, कथित संशोधन र विरोधको पाखण्डीपनको भ्रमका पर्दा पनि क्रमशः च्यातचुत पारिँदैछन्,’माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै थापाले लेखेका छन्, ‘तिनले भविष्यमा जवाफ दिन सक्लान्, अमेरिका वा अरू दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई यसरी गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार, दुईजिब्रे र राष्ट्रविरोधी कार्य किन गरेको त ?’

    उनले अमेरिका वा दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार किन गरेको भन्दै प्रश्नसमेत गरेका छन्।

  • सम्बन्धित विषय:

  • # सूर्य थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology