Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने मन्त्रिपरिषदको निर्णय

स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने मन्त्रिपरिषदको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७८ सोमवार • १६:३२:२९ बजे
  • 1.3K
    SHARES
  • स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने मन्त्रिपरिषदको निर्णय

    मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

    images

    मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको एक मन्त्रीले नेपाल प्रेसलाई बताए ।

    ती मन्त्रीका अनुसार ७५३ वटै स्थानीय तहमा एकैपटकमा निर्वाचन हुनेछ । यसअघि २०७४ सालमा भने तीन चरणमा निर्वाचन भएको थियो ।

    त्यतीबेला वैशाख ३१, असार १४ र असोज २ गतेगरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । यसअघि निर्वाचन आयोगले जेठ ४ भित्र निर्वाचन गर्न सकिने भन्दै सरकारलाई प्रस्ताव गरेको थियो ।

    सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचन पहिले गर्ने की प्रतिनिधिसभा निर्वाचन पहिले गर्ने भन्ने विषयमा मतभेद रहेको थियो । निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब बढ्दै गएपछि गठबन्धनका नेताहरु जेठ महिनाभित्र नै निर्वाचन गर्ने विषयमा एकमत भएका थिए ।

    अहिले पनि गठबन्धनका केही नेताहरु भने सबै प्रतिनिधिहरुको कार्यकाल सकिएपछि मात्रै निर्वाचन गर्ने पक्षमा आफ्नो धारणा राखिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तहको निर्वाचन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology