Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली अभिनेत्रीको ग्ल्यामर चर्चा

नेपाली अभिनेत्रीको ग्ल्यामर चर्चा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७८ सोमवार • १७:३७:२६ बजे
  • 853
    SHARES
  • नेपाली अभिनेत्रीको ग्ल्यामर चर्चा

    नेपाली अभिनेत्री सुष्मा अधिकारी यतिबेला भोजपुरी फिल्म उद्योगमा संघर्षरत छिन् ।

    images

    सामाजिक सञ्जालमा सक्रिय सुष्माले आफ्ना ग्ल्यामर तस्बिरहरू पोष्ट गरिरहन्छिन् । हालै मात्र उनले कालो पहिरनमा निकै बोल्ड तस्बिर इन्स्टाग्राममा शेयर गरेकी थिइन् ।

    जुन तस्बिरलाई भारतीय मिडियाले विशेष स्थान दिएका छन् । उनको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सुष्मा आफ्नो फेसन सेन्सका कारण चर्चामा आइरहन्छिन् ।

    साडी, लेहंगादेखि क्याजुअल पहिरन तथा बिकिनीमा सुष्माले आफ्नो हट अवतार देखाउने गर्छिन् । सुष्माले इन्स्टाग्राममा राखेको पछिल्लो तस्बिरमा एक प्रयोगकर्ताले ‘तपाई एकदम बेबी डल जस्तैं देखिनुभएको छ’ भन्दै कमेन्ट गरेका छन् ।

    त्यस्तै अर्का प्रयोगकर्ताले सुन्दरता र फिटनेसको रहस्य थाहा पाउन खोजेका छन् । सुष्माले अभिनयको सुरुवात नेपाली फिल्मबाट गरेकी हुन् । यसपछि उनले भोजपुरी फिल्ममा पाइला चालिन् ।

    उनले ‘दिवाना–२’ र ‘जय मधेस’लगायत हिट फिल्ममा अभिनय गरेकी छन् ।

  • सम्बन्धित विषय:

  • # ग्ल्यामर चर्चा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology