Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

सुदन किराँतीले एमसीसी देशको हितमा नरहेको भन्दै,भने जनमत संग्रह गरौँ

सुदन किराँतीले एमसीसी देशको हितमा नरहेको भन्दै,भने जनमत संग्रह गरौँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७८ सोमवार • २०:३३:३४ बजे
  • 433
    SHARES
  • सुदन किराँतीले एमसीसी देशको हितमा नरहेको भन्दै,भने जनमत संग्रह गरौँ

    अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) देशको हितमा नरहेको भन्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एमसीसीबारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।

    images

    सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद किराँतीले एमसीसी देशको हितमा नरहेकोले जनमत संग्रह वा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् ।

    एमसीसीविरद्ध जनता सडकमा उत्रिरहेको अवस्थामा एमसीसीले साँच्चिकै विकास गर्छ भने जनमत गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘एमसीसीविरुद्धमा जनता बोलिरहेका छन् ।

    राम्रो भन्ने हो भने गोलमेच सम्मेलन गरौं या एमसीसीबारे जनमतसंग्रह गरौं । एमसीसीबारे हामी सबैले एकमत कुरा गरौं ।’ सांसद किरातीले नेपाललाई चाहिएको खसी तर, दिइन लागेको फर्सी भन्दै पुनः एमसीसी राष्ट्रघाती नै रहेको ठोकुवा गरे ।

    उनले भने, ‘नेपाललाई खसी चाहिएको छ तर खुवाइँदैछ फर्सी ।’

    सांसद किराँतीले प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज १३ गते लेखेको पत्र असोभनीय भएको पनि बताए ।

    शीर्ष पदमा रहेकाहरूले आफ्नो पदीय मर्यादाविपरीत बाहिर गएर गर्नु आपत्तिजनक रहेको पनि उनको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # जनमत संग्रह गरौँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology