Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काठमाडौँ,तराई सुरुङ र आकाशे पुलको डिजाइन स्वीकृत

काठमाडौँ,तराई सुरुङ र आकाशे पुलको डिजाइन स्वीकृत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७८ मंगलवार • ११:१९:२० बजे
  • 874
    SHARES
  • काठमाडौँ,तराई सुरुङ र आकाशे पुलको डिजाइन स्वीकृत

    निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल (हाई ब्रिज)को डिजाइन स्वीकृत भएको छ । द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्ग तथा पुलको डिजाइन कार्य सम्पन्न भई स्वीकृत भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको छ ।

    images

    सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालका अनुसार सुरुङ मार्ग तथा हाई ब्रिजको डिजाइन स्वीकृत भएसँगै निर्माण कम्पनीहरूले सर्भेको कामसमेत सुरु गरिसकेका छन् ।

    दुई महिनाभित्र सर्भे सकेर निर्माण थालिनेछ । द्रुत मार्गमा पर्ने कुल ६.०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा हाई ब्रिज दुई प्याकेजमा निर्माण गरिँदै छ ।

    पहिलो प्याकेजअन्तर्गत यस आयोजनाको सबभन्दा लामो सुरुङ मार्ग निर्माण गरिने महादेव डाँडा खण्डमा निर्माण गरिँदै छ । यस खण्डमा निर्माण गरिने सुरुङमार्ग र हाई ब्रिजको कुल लम्बाइ ३.३०० किलोमिटर छ ।

    त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७० किलोमिटर र लेनडाँडाको घट्टेपाखादेखि बाँदरेखोल्सीसम्मको सुरुङ मार्ग र हाई ब्रिज निर्माण गरिँदै छ ।

    यस प्याकेजअन्तर्गत कुल १.४०० किलोमिटर सुरुङ मार्ग र हाई ब्रिज निर्माण गरिनेछ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # पुलको डिजाइन स्वीकृत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology