Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल विद्युत् प्राधिकरण: बिजुलीको पोल सार्न नयाँ मापदण्ड तयार

नेपाल विद्युत् प्राधिकरण: बिजुलीको पोल सार्न नयाँ मापदण्ड तयार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७८ मंगलवार • ११:२१:२९ बजे
  • 1.3K
    SHARES
  • नेपाल विद्युत् प्राधिकरण: बिजुलीको पोल सार्न नयाँ मापदण्ड तयार

    नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्ने प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ।

    images

    प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको जनाएको छ। कार्यविधिमा विद्युतीय संरचना स्थानान्तरण, प्राविधिक जाँच, स्वीकृति दिने अधिकारी, स्थानान्तरण गर्दा लाग्ने खर्च र पूरा गर्नुपर्ने दायित्व लगायत व्यवस्था छन्।

    प्राधिकरणले प्राविधिक जाँच गरी सम्भव देखिएमा मात्र ४००/२३० भोल्ट (एलटी लाइन), ११ केभी र ३३ केभीसम्मको लाइनको तार, पोल र त्यसमा जडान भएको ट्रान्सफर्मर लगायत संरचनाको स्थानान्तरण गर्नेछ।

    काठमाडौं उपत्यका लगायत देशका विभिन्न सहरी क्षेत्रमा सरकारी निकाय, स्थानीय तह, उपभोक्ता समिति, व्यक्ति/संस्थामार्फत सडक विस्तारका क्रममा विद्युतीय संरचना सार्न माग गर्दै प्राधिकरणमा निवेदन आउने गरेको छ।

    व्यक्तिगत जग्गाको बीचमा लाइन परी जग्गा उपभोग गर्न नमिल्ने भएको उल्लेख गर्दै पोल, तार तथा ट्रान्सफर्मर सार्न प्राधिकरणमाथि दबाब पर्ने गरेको छ। प्राधिकरणले कार्यविधिमार्फत प्राविधिक जाँचबाट उपयुक्त देखिए र स्थानान्तरण गर्ने स्थानमा विरोध नभएको सुनिश्चित भए मात्र विद्युतीय संरचना सार्न सकिने व्यवस्था गरेको छ।

    यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology