Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसी संसद्‍मा सबै सांसदलाई बोल्न दिइने

एमसीसी संसद्‍मा सबै सांसदलाई बोल्न दिइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७८ मंगलवार • १२:३७:५० बजे
  • 946
    SHARES
  • एमसीसी संसद्‍मा सबै सांसदलाई बोल्न दिइने

    एमसीसी संसद्‍मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ ।

    images

    सदन सञ्चालन नभएसम्म एसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै सांसदलाई बोल्न दिनुपर्ने गरी कार्यक्रम बनाइरहेका छन् ।

    सरकारले माघ २६ गतेको बैठकमा एमसीसी सदनमा टेबुल गर्ने तयारी गरिरहेका बेला सभामुखले यसबारे गृहकार्य गरिरहेका हुन् । उनले यो प्रस्ताव कार्यव्यवस्था परामर्श समितिको बैठकमा राख्दैछन् ।

    उनले संसद् बैठक बस्ने दिनमै २६ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भए मात्र एमसीसी कार्यसूचीमा राखिने भएको छ ।

    माओवादी केन्द्रले २८ गते एमसीसीको विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । यसैबीचमा एमालेले भने सदनमा टेबुल भएपछि आफ्नो धारणा बनाउने तयारी गरेको छ ।

    उपस्थित सङ्ख्याको बहुमतले एमसीसी पारित गर्ने तयारी कार्यक्रम बनाइएको छ ।

    याे समाचार आजको नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # एमसीसी संसद्‍
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology